मर्जरमा गएका नयाँ नेपाल र सारथि लघुवित्तको एकिकृत कारोबार असोज ५ गतेबाट

2020-09-14
मर्जरमा गएका नयाँ नेपाल र सारथि लघुवित्तको एकिकृत कारोबार असोज ५ गतेबाट

काठमाण्डौ । मर्जरमा गएका दुई लघुवित्त, नयाँ नेपाल लघुवित्त र सारथि लघुवित्त वित्तिीय संस्था लिमिटेडको एकीकृत कारोबार आउँदो असोज ५ गतेबाट हुने भएको छ । 

मर्ज भएश्चात कायम भएको नाम सारथि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको थालनी हुने भएको हो । 

नेपाल राष्ट्र बैंकले गत भदौ ७ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले भदौ २२ गते अन्तिम स्वीकृति संस्थाले एकीकृत कारोबार सुरु गर्न लागेको हो। 
नयाँ नेपाल लघुवित्त नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनी हो। यसको कार्यक्षेत्र १० जिल्लामा फैलिएको छ। सारथि लघुवित्त भने नेप्सेमा सूचीकृत थिएन। 

यी दुवै लघुवित्तबीच गत वर्ष माघ २० गते आपसमा गाभिने विषयमा सम्झौता भएको थियो। दुवै लघुवत्त १ः१ सेयर स्वाप रेसियोमा आपसमा गाभिएका हुन्। 

आपसमा गाभिएर एउटै बनेको यो संस्थाको केन्द्रीय कार्यालय भने काभ्रेको धुलिखेलमा रहनेछ। एकीकृत कम्पनीको चुक्तापुँजी भने साढे २३ करोड रुपैयाँ पुगेको छ। 


Share this with your friends: