काठमाण्डौ । एक आपसमा गाभिएका सुरीखोला हाइड्रोपावर लिमिटेड र मकर जितुमाया हाइड्रोपावर प्रा.लि ले एकिकृत कारोबार सुरु गरेका छन् । यी दुवै कम्पनीले गत साउन १ गतेदेखि‘मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड’को नामबाट एकिकृत कारोबार सुरु गरेका हुन् ।
एक आपसमा गाभ्ने/गाभिने(मर्जर)प्रस्ताव दुवै कम्पनीको २०७७ फागुन गते सम्पन्न छुट्टा छुट्टै विशेष साधारण सभाबाट पारित भएको थियो । उक्त प्रस्तावलाई विद्युत नियमन आयोगले गत वैशाख ५ गते सहमति प्रदान गरेको थियो । यस्तै मर्जरको उक्त प्रस्तावलाई उद्योग विभागले गत असार २३ गते सैदान्तिक सहमति दिएको थियो ।
यसैगरी मर्जरका लागि कम्पनी रजिष्ट्रारको कार्यालयले असार ३१ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।