मल्टीपपर्स फिनान्सको अवितरित हकप्रदको लिलामी भोलिदेखि

2021-03-11
मल्टीपपर्स फिनान्सको अवितरित हकप्रदको लिलामी भोलिदेखि

काठमाण्डौ । मल्टीपपर्स फिनान्स कम्पनी लिमिटेड(वित्तीय संस्थाले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ। कम्पनीले २०७६ असार २३ गतेदेखि भदौ ०९ गतेसम्म निष्कासन गर्दा बिक्री नभएको १७ लाख बढी हकप्रद सेयर लिलामी राख्न लागेको हो। 

कम्पनीले भोलि(फागुन २८) गते संस्थागत समूहतर्फको १७ लाख ५९ हजार ६२१ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियाद्वारा बिक्री गर्न लागेको हो। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।

यो सेयर खरिदका लागि यस कम्पनीका इच्छुक संस्थापक, सर्वसाधारण, र अन्य संस्था वा कम्पनीहरुले आवेदन दिने सक्नेछन्। लगानीकर्ताले फागुन २८ गतेदेखि शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढी अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। १० लाखसम्मको लागि आवेदन दिने आवेदकले स्वेच्छिक रुपमा र त्यो बढी रकमका लागि आवेदन दिनेले अनिवार्य रुपमा आवेदन फारममा स्थायी लेखा नम्बर उल्लेख गर्नु पर्नेछ। 

सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापकहरुलाई दिइनेछ। लगानीकर्ताले चैत १३ गतेभित्र बोलपत्र आवेदन पेश गर्नु पर्नेछ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले सुन्धारमा अवस्थित सिभिल क्यापिटलको कार्यालय वा राजविराज सप्तरीमा रहेको मल्टीपर्पस फिनान्सको केन्द्रिय कार्यालय वा सिभिल बैंकका शाखा कार्यालयहरु विराटनगर बीरगंज, पोखरा, बुटवल, नेपालगंज, विरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौडा, नारायणघाट, तथा घोराही९दाङ०मा बोलपब आवेदन बुझाउनु पर्नेछ।  

 


Share this with your friends: