काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित रकमबाट ९.२६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ। यसका साथै बैंकले बोनस सेयर र लाभांसमा लाग्ने कर प्रयोजनार्थ समेत वितरण गर्ने जनाएको छ। बैंकद्वारा प्रस्तावित लाभांसमा चुक्तापूँजी ३ अर्ब ७ करोड २० लाख ६१ हजार ३२८ रुपैयाँको ९.२६ प्रतिशतले हुन आउने २८ करोड ४५ लाख ६९ हजार ८९१ रुपैयाँ बराबरको बोनस सेयर रहेको छ।
यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।