महालक्ष्मी विकास बैंकले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2021-03-05
महालक्ष्मी विकास बैंकले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको फागनु २० गते बसेको सञ्चालक समितिको बैठकले १९ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो चैत १३ गते शुक्रबारका दिन काठमाण्डौ दरबारमार्गमा रहेको बैंकको रजिष्ट्रर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा बैंकको सञ्चालक समितिको तर्फबाट प्रस्तावित ८.८० प्रतिशत बोनस सेयर र ०.४६ प्रतिशत ९.२६ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै बैंकको सेयर स्वामित्व परिवर्तन गरी संस्थागत समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा ऋण तथा डिबेन्चर उठाउन वा आवश्यकता अनुसार जारी गर्न सक्ने र हकप्रद सेयरको हक हस्तान्तरण गर्न सक्ने सम्बन्धी व्यवस्था नियमावलीमा संशोधन गर्ने तथा पेश गर्ने प्रस्ताव पारित गरिनेछ। यसैगरी अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। उक्त सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिनुका साथै आ.व २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 

लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले चैत ३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: