काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा) बोधराज देवकोटा नियुक्त भएका छन्। बैंकको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले देवकोटालाई बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैठकले उनलाई चैत २ गतेदेखि लागू हुने गरी बैंकको सीईओमा नियुक्त गरेको बैंकले जनाएको छ। यसअघि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका डेपुटी सीईओको रुपमा रहेका बोधराज देवकोटाले चैत १ गतेदेखि लागू हुने गरी राजिनामा दिएका थिए।
स्थापनाकालदेखि नै सिटिजन्स बैंकमा आवद्ध देवकोटा २०७३ बैशाख १ गतेदेखि डेपुटी सीईओमा कार्यरत थिए।