काठमाण्डौ । महालक्ष्मी बिकास बैंकले आफ्ना १०३ वटा शाखाहरुबाट सेवा लिईरहेका ग्राहकहरुलाई निषधाज्ञाको अबधीभर बैंकिङ्ग कारोबार गर्न सहज र सुरक्षित तवरले उपलब्ध गराउने उद्देश्यले ‘ग्राहक समन्वयकता’ व्यवस्था गरेको छ । समन्वयकर्ताहरुले ग्राहकहरुको बैंकिङ्ग सेवा सम्बन्धी कुनै पनि जिज्ञासा तथा गुनासालाई सम्बन्धित शाखाहरुसँग समन्वय गरी यथा शिघ्र सेवा उपलब्ध गराउने बैंकका निमित्त कार्यकारी प्रमुख दिपेश लम्सालले बताएका छन् । यसका साथै यस अबधिमा संक्रमण कम गर्नका लागी डिजिटल बैकिङ्ग अन्तर्गत मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, क्यू आर कोड तथा कनेक्ट आईपीएस जस्ता सुबिधाहरु प्रयोग गरी सुरक्षित रहन बैंकल अपिल समेत गरेको छ ।