काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडले आकर्षक ब्याजदरको वैभव बचत खाता सञ्चालनमा ल्याएको छ। बैंकले आफ्नो २७ औँ वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमका अवसरमा आकर्षक वार्षिक ५.५% प्रतिशत ब्याजदरको वैभव बचत खाता सञ्चालनमा ल्याएको हो।
यो खाता ग्राहकले कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो नजिकैको शाखामा अनलाइनमार्पmत सजिलै खोल्न सक्नेछन्।
उच्चतम प्रतिफल प्राप्त गर्न सकिने वैभव बचत खातामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट र मेरो सेयरजस्ता आवश्यक सुविधाहरुमा प्रथम वर्षका लागि सतप्रतिशत छुट प्रदान गरिएको छ। त्यस्तै उक्त खातामा लकर सुविधामा ५०% छुट दिनुका साथै कनेक्ट आईपीएसको सुविधा पनि रहेको छ।
बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण ग्राहकलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोडलगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ।