महालक्ष्मी विकास बैंकद्वारा कोभिड जोखिम नियन्त्रणका लागि स्वास्थ्य सामग्री वितरण

2021-06-02
महालक्ष्मी विकास बैंकद्वारा कोभिड जोखिम नियन्त्रणका लागि स्वास्थ्य सामग्री वितरण

काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडले भरतपुर महानगरपलिका वडा न. ११ बसेनीस्थित गणेशस्थानका स्थानीय बासिन्दालाई कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्ने अभिप्रयायले मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गत सहरी क्षेत्रको नजिकै रहेता पनि ओझेलमा परेकाहरुलाई यस्तो सहयोग उपलब्ध गराएको जनाएको छ । 

उक्त स्वास्थ्य सामग्री बैंकको नारायाणगढ शाखाका शाखा प्रमुख वीरेन्द्र चौधरीले एक कार्यक्रमका बीच वडा नं ११ का वडा सदस्य चिन्तामणि लम्साल र गणेश स्थान टोल विकास समितिका अध्यक्ष राजनकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका छन्। 

टोल विकास समितिका अध्यक्ष श्रेष्ठले कोभिडको महामारीलाई नियन्त्रण गर्न बैंकले गणेशस्थानका बासिन्दालाई  मास्क, सेनिटाइजरलगायत स्वास्थ्य सामग्री वितरण गरी समाजिक उत्तरदायित्व पूरा गरेको भनी  खुसी व्यक्त गर्दै धन्यवाद दिए। 

बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण ग्राहकलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोडलगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफू सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न अनुरोध गरेको छ।


Share this with your friends: