महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी मिस्ड कल’ सेवा सञ्चालन

2021-06-23
महालक्ष्मी विकास बैंकद्वारा  ‘महालक्ष्मी मिस्ड कल’ सेवा सञ्चालन

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले ‘महालक्ष्मी मिस्ड कल’ सेवा सञ्चालनमा ल्याएको छ। कोभिड–१९ महामारीको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले आफ्ना ग्राहकलाई घरमै बसी आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने तथा ग्राहक र बैंकबीचको सम्बन्धलाई सहज बनाउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । 

बैंकले सञ्चालनमा ल्याएको यो सेवामा ग्राहकले कुनै पनि बैंकिङ सेवा, बैंकको शाखाहरुका बारेमा जानकारी तथा बैंकको बचत तथा कर्जासम्बन्धी कुनै पनि जानकारी आवश्यक परेमा मोबाइल नम्बर ९८४७३८७५२४ मा मिस्ड कल गर्न सक्नेछन् र बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई फोन गरी (कल ब्याक) जानकारी उपलब्ध गराउने बैंकले जनाएको छ । 

यो सेवामा ग्राहकलाई बैंकका प्रतिनिधिले डिजिटल बैंकिङको प्रयोग विधि तथा त्यसको उपयोगिताका बारेमा पनि जानकारी गराउनुको साथै बैंकसँग सम्बन्धित कुनै पनि समस्या वा सुझाव भएमा सो जानकारी लिई उचित समाधान गर्नेछन्।

बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण ग्राहकलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोडलगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ।


Share this with your friends: