काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा नं. १ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि १ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।
बैंकको भैरहवा शाखाले उक्त सहयोग प्रदान गरेको हो । रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष तथा रोटरी डिस्ट्रिक ३२९२ रिजन २१ का एसिस्टेन्ट गभर्नर राजकुमार गुप्ताको प्रमुख आतिथ्यतामा आज बेलहिया माध्यामिक विद्यालयको प्राँगणमा सम्पन्न एक कार्यक्रमका बीच बैंकको भैरहवा शाखाका प्रबन्धक गौतम गुप्ताले रोटरी क्लब अफ भैरहवाका अध्यक्ष चक्रमणि आचार्यलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका छन्।
बैंकले कोरोनाका कारण उत्पन्न यस विषम परिस्थितिमा सम्पूर्ण ग्राहकलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोडलगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ।