महालक्ष्मी विकास बैंकद्वारा पुरानो लाभांश बुझिलिन आग्रह

2021-08-03
महालक्ष्मी विकास बैंकद्वारा पुरानो लाभांश बुझिलिन आग्रह

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले पुरानो लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको छ । 

बैंकले साविक मालिका विकास बैंक,महालक्ष्मी फाइनान्स,यती फाइनान्स, सिद्धार्थ फाइनान्स र भ्याली फाइनान्सको विभिन्न साधारण सभाबाट पारित भएको लाभांशहरु केहि सेयरधनीले हालसम्म नलिएको र उक्त लाभांस बुझिलिन आउन आग्रह गरेको हो ।  

कम्पनीले हालसम्म लाभांश बुझिलिन बाँकी रहेका लाभांशपूर्जाहरु समयमा नै कम्पनीको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा सम्पर्क राखी लिन अनुरोध गरेको छ । समयमानै लाभांश पूर्जा बुझि नलिनेको हकमा प्रचलित कानुनबमोजिम हुने बैंकले जनाएको छ । 


Share this with your friends: