महालक्ष्मी विकास बैंकका ग्राहकले होटेल शम्बलामा छुट पाउने

2021-08-12
महालक्ष्मी विकास बैंकका ग्राहकले होटेल शम्बलामा छुट पाउने

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले होटेल शम्बलामा विभिन्न सेवामा छुट पाउने गरी सम्झौता भएको छ।

सम्झौतापत्रमा होटेलका तर्फबाट सञ्चालन प्रबन्धक रबिन मानन्धरले र बैंकका तर्फबाट महाराजगन्ज शाखाका प्रमुख पल्लभ श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले फुड एन्ड बेभरेजमा अधिकतम १५% सम्मको छुट प्राप्त गर्नुका साथै स्पा सेवामा १०% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

देशका १०३ वटा शाखाबाट बंैकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङमार्फत कारोबार गरी आफू सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न आग्रह गरेको छ। 


Share this with your friends: