महालक्ष्मी विकास बैंकका ग्राहकले ई–सेवा रेमिटमार्फत सोझै खातामा रकम जम्मा गर्न सक्ने

2021-08-13
महालक्ष्मी विकास बैंकका ग्राहकले ई–सेवा रेमिटमार्फत सोझै खातामा रकम जम्मा गर्न सक्ने

काठमाण्डौ। महालक्ष्मी विकास बैंकका ग्राहकले संसारको कुनै पनि स्थानबाट ई–सेवा रेमिटमार्फत सोझै खातामा रकम जम्मा गर्न पाउने भएका छन्।

बैंकले ग्राहकलाई मनी ट्रान्सफरसम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले आज ई–सेवा मनी ट्रान्सफर प्रालिसँंग सम्झौता गरेको हो। सम्झौतापत्रमा ई–सेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका छन्। 
बैंकले हालसम्म २४ वटा रेमिट्यान्स कम्पनीसँग सम्झौता गरी ग्राहकलाई रेमिट्यान्स सुविधा प्रदान गर्दै आइरहेको छ। १०३ वटा शाखामार्फत बैंकिङ कारोबार गर्दै आइरहेको बैंकले आगामी दिनमा बैंकिङ सेवालाई अत्याधुनिक प्रविधिमैत्री बनाई ग्राहकलाई थप गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्धता व्यक्त गरेको छ।


Share this with your friends: