महालक्ष्मी लाइफको जीवन बीमा कोषको आकार ६६.०५%ले बढ्यो, बीमाशुल्क आर्जन १ अर्ब बढी

2021-08-15
महालक्ष्मी लाइफको जीवन बीमा कोषको आकार ६६.०५%ले बढ्यो, बीमाशुल्क आर्जन १ अर्ब बढी

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा १ अर्ब ८ करोड ११ लाख ४७ हजार ५५० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २५.७६ प्रतिशतले धेरै हो। अघिल्लो आ.वको त्रैमाससम्ममा कम्पनीले ८५ करोड ९६ लाख ६२ हजार ७९१ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। 

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ११ करोड ७ लाख ८ हजार ३७७ रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा यो रकम ६ करोड ७५ लाख १० हजार ८५९ रुपैयाँमा सीमित थियो। 

त्यस्तै समीक्षा अवधिसम्ममा कम्पनीले १८ करोड १ लाख १४ हजार ०३५ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम २८ लाख २४ हजार ६७८ रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले ६२७६.४४ प्रतिशतले बढी दाबी भुक्तानी गरेको छ। 
 
चौथो त्रैमाससम्ममा कम्पनीले खुद नाफा बढाएको छ। चौथो त्रैमासको अन्त्यसम्म कम्पनी ९ करोड ४० लाख ६० हजार ९९१ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा १७.४९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ८ करोड ५९ हजार ०६७ रुपैयाँ मुनाफा आर्जन गरेको थियो। 
समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ। कम्पनीको व्यवस्थापन खर्च ३० करोड २६ लाख ३२ हजार ९९१ रुपैयाँ छ। अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च २७ करोड २५ लाख ७९५ रुपैयाँ थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेर १ अर्ब ३४ करोड ६१ लाख २६ हजार ३८४ रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा ६६.०५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषको आकार ८१ करोड ६ लाख ९७ हजार ५१० रुपैयाँमा सीमित थियो। 

अघिल्लो वर्ष ८ करोड २५ लाख ६७ हजार ७२६ रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर १८ करोड ५३ लाख ३७ हजार १२१ रुपैयाँको उचाइमा पुगेको छ। 

त्यस्तै समीक्षा अवधिसम्म कम्पनीले १४ हजार ३५० बीमालेख जारी गरेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ९ हजार ६५६ बीमालेख जारी गरेको थियो। 


Share this with your friends: