काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले कान्तिपुर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा विशेष छुट पाउने भएका छन्।
बैंकको बानेश्वर शाखाको अगुवाइमा कान्ति अस्पताल प्रालिसँग हिजो आइतबार बैंकका ग्राहकलाई छुट दिने विषयमा सम्झौता भएको हो। सम्झौतापत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय विक्रम मल्ल ठकुरी र बैंकका तर्फबाट बानेश्वर शाखाका प्रमुख विकास रावलले हस्ताक्षर गरेका छन्।