महालक्ष्मी विकास बैंकका ग्राहकले सम्यक डायगनोस्टिकमा आकर्षक छुट पाउने

2021-09-01
महालक्ष्मी विकास बैंकका ग्राहकले सम्यक डायगनोस्टिकमा आकर्षक छुट पाउने

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले सम्यक डायगनोस्टिक प्रालिमा सेवा लिँदा आकर्षक छुट पाउने भएका छन्। 

महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिकसँग मंगलबार छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको हो। उक्त सम्झौताअनुसार बैंकका ग्राहकले सम्यक डायगनोस्टिकको प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउँदा १०% आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। 

देशका १०३ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङमार्फत कारोबार गरी आफू सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न अपिल गरेको छ।  


Share this with your friends: