काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी पुस २५ गते आइतबारका दिन काठमाण्डौ भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा बैंकको सञ्चालक समितिको तर्फबाट प्रस्तावित २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांस गरी कुल १२.०५२६ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै बैंकको हाल कायम अधिकृत पूँजी ४ अर्ब रुपैयाँबाट वृद्धि गरी ८ अर्ब कायम गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसैगरी अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। उक्त सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिनुका साथै आ.व २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।
लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले पुस १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।