महालक्ष्मी विकास बैंकको साधारण सभा पुनःस्थगित

2022-01-17
महालक्ष्मी विकास बैंकको साधारण सभा पुनःस्थगित

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा पुनःस्थगित भएको छ। उच्च अदालतको आदेशअनुसार बैंकको आज हुने भनिएको २० औँ वार्षिक साधारण सभा स्थगित भएको हो । 

यसअघि बैंकको सञ्चालक समितिले गणपुरक संख्या नपुगेको भन्दै पुस २५ गतेको वार्षिक साधारण सभा स्थगित गरेको थियो । उक्त स्थगित वार्षिक साधारण सभा माघ ३ गतेका लागि डाकिएको थियो । 

तर बैंकका सेयरधनीहरु गिरिराज पोखरेल र प्रमोद श्रेष्ठले गत पुस २९ गते महालक्ष्मी विकास बैंकसमेतका विरुद्ध उच्च अदालत पाटनमा दिएको उत्प्रेषणको रिट निवेदन दिएका थिए। सोही रिट निवेदनको अन्तरिम आदेशसम्बन्धी छलफलको टुंगो नलागेसम्मका लागि बैंकको स्थगित भई पुनः डाकिएको वार्षिक साधारणसभा नगर्नु नगराउन भनी अदालतले आदेश जारी गरेको छ। 

 


Share this with your friends: