महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेको नेशनल माइक्रोफाइनान्सको एकिकृत कारोबार असार ३० देखि

2021-07-09
महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेको नेशनल माइक्रोफाइनान्सको एकिकृत कारोबार असार ३० देखि

काठमाण्डौ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई सफलतापूर्वक प्राप्ति गरेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार ३० गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । कम्पनीले प्राप्तिपश्चात कायम भएको ‘नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकिकृत कारोबारको सुरुवात गर्ने भएको हो ।    

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव दुवै संस्थाको गत जेठ २५ गते अलग अलग बसेको विशेष साधारण सभाबाट पारित गरिएको थियो ।  साधारण सभाबाट पारित भएको विशेष प्रस्तावलाई नेपाल राष्ट्र बैंकले गत असार १५ गते अन्तिम स्वीकृती प्रदान गरेको थियो। यसपश्चात कम्पनीको रजिष्ट्रारको कार्यालयले गत असार २४ गते दुई कम्पनीबीच भएको प्राप्ति सम्झौतालाई अन्तिम स्वीकृती प्रदान गरेको थियो। 

प्राप्तिपश्चात नेशनल माइक्रोफाइनान्सको केन्द्रिय कार्यालय धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडान ३ पूछारबजारमा कायम रहने छ । 
आगामी असार  २७ गतेदेखि दुवै वित्तीय संस्थाको एकीकृत कोरोबार सुरु गरिने हुदाँ डेटा माइग्रेसन प्रयोजनका लागि असार २९ गते एक दिनका लागि महिला सहयात्रा लघुवित्तले प्रदान गर्दै आएको सम्पूर्ण सेवाहरु बन्द राख्ने जनाएका छ । 


Share this with your friends: