काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड यहि शुक्रबार हुने भएको छ। धितोपत्र निष्कासनकर्ता तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले महिला लघुुवित्तको आईपीओ बाँडफाँड यहि शुक्रबार बिहान ८ बजे गर्ने तयारी भईरहेको जनाएको हो।
उक्त आईपीओ बाँडफाँड काठमाण्डौ हात्तिसारमा रहेको नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा हुनेछ।
संस्थाले गत माघ ३० गतेदेखि रु.१०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। कुल निष्कासनमध्ये २० हजार कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको र ५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ । बाँकी रहेको ३ लाख ७५ हजार कित्ता भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।