महिला सहयात्रा लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2021-03-03
महिला सहयात्रा लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन १८ गते बसेको सञ्चालक समितिको १२७ औँ बैठकले संस्थाको आठौँ वार्षिक साधारण सभा डाकेको हो।

बैठकले आउँदो चैत १८ गते मकवानपुरमा रहेको ओम अध्याय रिट्रट रिसोर्टमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा गत आर्थिक वर्षका लागि संस्थाद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। संस्थाद्वारा प्रस्तावित लाभांसमा हालको चुक्तापूँजी १३ करोड ३१ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड ३३ लाख १० हजार कित्ता बोनस सेयर र ०.५३ प्रतिशतले हुन आउने ७ लाख ५२६ रुपैयाँ नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्। 

लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आउँदो चैत १ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ फागुन २९ गतेसम्म कायम सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्। 

 


Share this with your friends: