महुली लघुवित्तद्वारा लाभांस प्रस्ताव

2021-02-14
महुली लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले गत आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस गरी कुल २१.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। संस्थाद्वारा प्रस्तावित लाभांसमा हालको चुक्तापूँजी १८ करोड ६६ लाख को २० प्रतिशतले हुन आउने ३ करोड ७३ लाख २४ हजार रुपैयाँ बराबरको बोनस सेयर र १.०५ प्रतिशतले हुन आउने १९ लाख ५९ हजार ५१० रुपैयाँ बराबरको नगद लाभांस रहेका छन्। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ। 


Share this with your friends: