काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज(चैत २५ गते) आयोजना हुन गईरहेको छ ।
उक्त सभा सप्तरीमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा आयोजना हुन गईरहेको हो। उक्त सभामा २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस गरी कुल २१.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। प्रस्तावित लाभांसमा मर्जर पश्चात कायम चुक्ता पूँजी १८ करोड ६६ लाख २० हजार रुपैयाँको २० प्रतिशतले हुन आउने ३ करोड ७३ लाख २४ हजार रुपैयाँ बराबरको बोनस सेयर र १.०५ प्रतिशतले हुन आउने १९ लाख ५९ हजार ५१० रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्।
यस्तै प्रिमियममा एफपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। सभामा एक वा एकभन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने वा हुने जाने सम्बन्धमा सम्पूर्ण कार्य गर्न गराउनका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ।
यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ।व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहित साविकको महुली लघुवित्त र नव किरण लघुवित्त वित्तीय संस्थाको आ।व २०७६/७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।