काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा ६ जना निर्वाचित भएका छन्। संस्थाको चैत २५ गते सम्पन्न आठौँ वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण तर्फबाट २ जना गरी कुल ६ जना सञ्चालक निर्वरोध निर्वाचित भएका हुन्।
संस्थापक सेयरधनीका तर्फबाट निर्वाचित हुनेमा प्रभु नारायण चौधरी, कमल प्रसाद बस्याल, भानुभक्त निरौला र रोशन कुमार मंडल रहेका छन्। यसैगरी सर्वसाधारण समूह तर्फबाट निर्वाचित हुनेमा शर्मिला राई र निमानन्द कडेँल रहेका छन्।