काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा श्रीप्रसाद चौधरी नियुक्त भएका छन्। संस्थाको जेठ ५ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक चौधरीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैठकले उनलाई अर्काे साधारण सभा नहुनजेलसम्मका सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। संस्थाका सञ्चालक रोशन कुमार मंडरले आफ्नो कार्यव्यस्तताका कारण सञ्चालकबाट राजीनामा दिएका कारण उनको स्थानमा श्रीप्रसाद चौधरीलाई अर्काे साधारण सभा नहुनजेलसम्मका सञ्चालकमा नियुक्त गरिएको संस्थाले जनाएको छ।