काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको नवौँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी पुस २४ गते शनिबारका दिन सप्तरीमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा २६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरिनेछ।
यस्तै प्रिमियममा एफपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। सभामा एक वा एकभन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने वा हुने जाने सम्बन्धमा सम्पूर्ण कार्य गर्न गराउनका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ।
यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहित साविकको महुली लघुवित्त र नव किरण लघुवित्त वित्तीय संस्थाको आ.व २०७७/७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।
साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि संस्थाले आगामी पुस १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ पुस ११ गतेसम्म कायम सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।