माउन्टेन इनर्जीको आईपीओमा आजबाट आवेदन दिन सकिने

2020-11-11
माउन्टेन इनर्जीको आईपीओमा आजबाट आवेदन दिन सकिने

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले सर्वसाधारणका लागि आज(कात्तिक २६ गते)बाट आईपीओ जारी गरेको छ। 

कम्पनीले आईपीओ निष्कासनको दोस्रो चरण अन्र्तगत सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो। कम्पनीले सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको हो। जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरेको हो । कम्पनीले नियामक धितोपत्र बोर्डबाट जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपिओ निष्कासन गर्न अनुमति पाएको थियो।

यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आईपीओ जारी गरेको थियो। 

लगानीकर्ताले छिटोमा मंसिर २ गते मंगलबार र ढिलोमा मंसिर १० गते बुधबारसम्म आवेदन दिन सक्नेछन् । 


Share this with your friends: