माउन्टेन इनर्जीको आईपीओ बाँडफाँड यहि बुधबार हुने

2020-11-30
माउन्टेन इनर्जीको आईपीओ बाँडफाँड यहि बुधबार हुने

काठमाण्डौ । माउन्टेन इनर्जीको नेपाल लिमिटेडको आईपीओ बाँडफाँड यहि बुधबार हुने भएको छ । 

कम्पनीको बिक्री प्रबन्धकको रुपमा रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले कम्पनीको आईपीओ बाँडफाँड यहि बुधबार हुने जनाएको हो । 

कम्पनीले गत कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको थियो। जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिएको छ। सर्वसाधारणले बाँकी १८ लाख ३० हजार २६५ कित्ता साधारण सेयरका लागि आवेदन दिन दिएका छन्। 

सेयर बाँडफाँड हुदाँ  १ लाख ८३ हजार २६।५ आवेदकले १० कित्ताका दर पाउनेछन्। बाँकी ४ लाख ९१ हजार ३८९ आवेदकको हात खालि हुने भएको छ।

यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयका लागि १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँबराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गरेको थियो।

 


Share this with your friends: