काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा माउन्टेन इनर्जी नेपाल लिमिटेडको सेयर भोलिदेखि(पुस १ गते)देखि कारोबारमा आउने भएको छ । आज कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएसँगै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउन लागेको हो । आज नेप्सेमा कम्पनीको प्रतिसेयर अंकित तथा चुक्तामूल्य १०० रुपैयाँ कायम भएको १ करोड ९६ लाख ८० हजार २७० कित्ता साधारण सेयर सूचीकरण भएको छ ।
कुनै पनि कम्पनीको साधारण सेयर नेप्सेमा सूचीकरणको भएको दोस्रो दिनबाट धितोपत्र दोस्रो बेजारमा कारोबारमा आउने भएकाले सोहीअनुरुप अब माउन्टेन इनर्जीको सेयर पनि भोलिबाट दोस्रो बजारमा कारोबारमा आउने नेप्सेले जनाएको छ।
नेप्सेले माउन्टेन इनर्जीलाई एमईएन कोड प्रदान गरेको छ भने पहिलो कारोबारका लागि आपनिङ रेन्ज ११४.८१ रुपैयाँ देखि ३४४.४३ रुपैयाँ निर्धारण गरेको छ ।
भोलि बिहान स्पेसल प्रिओपन सेसन(१०ः३० देखि १०ः४५) सम्म नेप्सेले तोकेको रेञ्जभित्र पहिलो कारोबार भएमा नियमित समय(११ देखि ३ बजे)मा माउन्टेन इनर्जीको सेयर खरिदबिक्री गर्न मिल्नेछ।