काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडका सञ्चालक चन्द्रप्रसाद ढकालले दिएको राजिनामा स्वीकृत भएको छ। कम्पनीको फागनु ५ गते बसेको सञ्चालक समितिको बैठकले चन्द्रप्रसाद ढकालले दिएको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो। ढकाल संस्थापक सेयरधनीको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए।
ढकालको राजिनामा स्वीकृत भएसँगै सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी सुव्रत धिताललाई सञ्चालकमा नियुक्त गरेको छ।