काठमाण्डौ । मारुती सिमेन्ट ५३ ग्रेडको ओपीसी उत्पादन गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी बनेको छ । हालै मात्र, नेपाल सरकारले सिमेन्टको ग्रेड उल्लेख गर्न मिल्ने निर्णय गरे अनुरुप नेपाल गुणस्तर तथा नापतौल विभागबाट सम्पूर्ण मापदण्ड प्रमाणित गर्दै मारुती सिमेन्ट सर्बशाक्तिशाली ५३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनि बन्न सफल भएको हो ।
यसका साथै ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गरिरहेको कम्पनि दुवै ५३ र ४३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी पनि बन्न सफल भएको छ ।
कम्पनीको यो सफलताको श्रेय सम्पूर्ण उपभोक्ता ,कनट्रयाक्टरहरु, इन्जिनियरहरु, कम्पनीसँग आबद्द सम्पूर्ण सहकर्मीहरुलाइ दिदैँ आगामी दिनहरुमा पनि अझ दरिलो विश्वासका साथ् आफ्नो गुणस्तरलाई अझ निखार्दै र मजबुत बनाउदै समृद्ध नेपाल बनाउने कार्यदिशामा सदैव अग्रसर रहने कम्पनीका ब्राण्ड मार्केटिंग प्रमुख राजु श्रेष्ठले बताए ।
आजभन्दा १५ वर्ष अगाडि स्थापित मारुती सिमेन्ट नेपालकै पहिलो तथा निजीस्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको थियो । पूर्वाञ्चको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुंगा खानीबाट कम्पनीले अत्याधुनिक जर्मन टेक्नोलोजीद्वारा अन्तर्राष्ट्रिय स्तरको ओपीसी सिमेन्ट उत्पादन गरिरहेको छ ।