काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांस् प्रस्ताव गरेको छ। गत शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापुँजी ६९ करोड ३३ लाख ७१ हजार २५० रुपैयाँको कुल १५.७९ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव गरेको हो।
बैठकले १५ प्रतिशतले हुन आउने १० करोड ४० लाख ५ हजार ६८७.५० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशतले हुन आउने ५४ लाख ७३ हजार ९८३.५६ रुपैयाँबराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने छ।