मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर हितग्राही खातामा जम्मा

2021-02-16
मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर हितग्राही खातामा जम्मा

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ। बैंकले १५ औँ वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरेको जनाएको छ। 

यसका साथै बैंकले यो बोनस सेयर नेप्से र सिडियसल एण्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भईसकेको जनाएको छ। 

बैंकले गत पुस १३ गतेसम्म आफ्नो भौतिक सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको र सो मिति पश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीको भने क्रमशः जम्मा गरिदै जाने कम्पनीले जानकारी दिएको छ। 

 


Share this with your friends: