मिथिला लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2021-03-21
मिथिला लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले १२ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो चैत २९ गते जनकपुरमा अवस्थित होटल राजदरबार एण्ड नवरंग रिसोर्टमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आर्थिक वर्षका लागि संस्थाको सञ्चालक समितिद्वारा प्रस्तावित १२ प्रतिशत बोनस सेयर र ०.६३१५७९ प्रतिशत गरी कुल १२. ६३१५७९ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै बोनस सेयरपश्चात संस्थाको कुल जारी पूँजी र चुक्ता पूँजी १३ करोड ६३ लाख ४९ हजार ७४३ पुर्याउने प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितिमा १ जना सर्वसाधारण सेयरधनी समूहतर्फबाट प्रतिनिधित्व गर्ने महिला सञ्चालकको निर्वाचन गर्ने र एक वा एकभन्दा धेरै उपयुक्त लघुवित्त संस्थाहरुसँग एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्तिका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव प्रस्ताव पारित गरिनेछ। 

यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा आ.व २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन सहित २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्त तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि संस्थाले आगामी चैत १७ गते मंगलबारका दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ चैत १६ गतेसम्म कायम सेयरधनीमात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।  

 


Share this with your friends: