मिर्मिरे लघुवित्तद्वारा लाभांस घोषणा

2020-11-12
मिर्मिरे लघुवित्तद्वारा लाभांस घोषणा

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीका लागि लाभांस घोषणा गरेको छ। 

संस्थाको बुधबार अपरान्ह बसेको संचालक समितिको १९४ औं बैठकले आर्थिक वर्ष २०७६ र ७७ को वित्तीय विवरण पास गरी हाल कायम चुक्तापूँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३०२३३ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । संस्थाले ४ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर र २४ लाख ९६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरणको घोषणा गरेको हो।  

कम्पनीको चुक्तापूँजी ३९ करोड ६१ लाख रुपैयाँ रहेको छ ।


Share this with your friends: