काठमाण्डौ । मिर्मिरे लघुुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त भएका छन्। संस्थाको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई निमित्त सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
नायब कार्यकारी प्रमुखका रुपमा कार्यरत उनलाई असार १ गतेदेखि लागू हुने गरी निमित्त सीईओमा नियुक्त गरिएको हो।