मिर्मिरे लघुवित्तद्वारा प्रस्तावित लाभांस संसोधन, नयाँ लाभांसदर कति ?

2021-01-13
मिर्मिरे लघुवित्तद्वारा प्रस्तावित लाभांस संसोधन, नयाँ लाभांसदर कति ?

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव संसोधन गरेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन पश्चात संस्थाको गत पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव संसोधन गरेको हो। 

बैठकले हाल कायम चुक्तापूँजीको ९.२० प्रतिशत बोनस सेयर र ०.४८२९४४ प्रतिशत नगद लाभांस गरी कुल ९.६८२९४४ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाद्वारा प्रस्तावित कुल लाभांसमा चुक्तापूँजी ३९ करोड ६१ लाख ४६ हजार ६४१.५० रुपैयाँको ९.२० प्रतिशतले हुन आउने ३ करोड ६४ लाख ४५ हजार ४९० रुपैयाँ बराबरको बोनस सेयर र ०.४८२९४४ प्रतिशतले हुन आउने १९ लाख १३ हजार १६५ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्। 

यसअघि संस्थाले गत आर्थिक वर्षका लागि १२ प्रतिशत बोनस सेयर र ०. ६३०२३३६६ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि गरी कुल १२. ६३०२३३६६ लाभांस वितरणको प्रस्ताव गरेको थियो। 

यसरी नयाँ संशोधित लाभांस अनुसार पहिले प्रस्ताव गरिएको तुलनामा कुल २.९४७ प्रतिशतले घटेको छ। 

नयाँ संसोधित लाभांस नेपाल राष्ट्र बैंकबाट पुन स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ। 

 


Share this with your friends: