काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले साविकको नागवेली लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुलाई नगद लाभांस बुझिलिन आग्रह गरेको छ ।
संस्थाले विभिन्न साधारणसभाहरुबाट पारित भएको लाभांसको पूर्जा संकलन नगरी वा संकलन गरेर पनि लाभांस पूर्जाको रकम सटही नगरेको हुँदा उक्त लाभांस रकम संकलन गर्न नआएका सेयरधनीहरुलाई लिन आउन आग्रह गरेको हो । उक्त रकम दाबीका लागि संस्थाको सेयर रजिष्ट्रार नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, हात्तिसारमा सम्पर्क राखि लाभांस रकम बुझिलिन संस्थाले आग्रह गरेको छ ।
यस्तै संस्थाको विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांस पारित भएको ५ वर्ष बितिसक्दा पनि केहि सेयरधनीहरु लिन नआएकाले उक्त लाभांस रकम कम्पनी ऐन २०६३ को दफा १८२(९) को अधिनमा रहि लगानीकर्ता संरक्षण कोषको व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७३ बमोजिम स्थापित लगानीकर्ता संरक्षण कोषमा पठाईसकिएको संस्थाले जनाएको छ ।