काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरशधनीहरुको हितग्रांही खातामा जम्मा गरिएको छ । संस्थाको गत चैत १८ गते सम्पन्न १० औा वार्षिक साधारण सभाबाट पारित ९.१९९ प्रतिशत बोनस सेयर बुक क्लोज गर्दा अभौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो ।
संस्थाले आर्थिक वर्ष २०७६/७७ का लागि ९.१९९ प्रतिशत बोनस सेयर र ०.४८२ प्रतिशत नगद लाभांस वितरण गरेको थियो ।
उक्त बोनस सेयर असार २३ गते सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिसकिएको संस्थाले जनाएको छ ।
हितग्राही खाता खोल्न बाँकी र गत आर्थिक वर्षहरुको सेयर प्रमाणपत्रहरु संकलन नगरेका सेयरधनीहरुले संस्थाको सेयर रजिष्ट्रार नेपाल एसबीआई मर्चेन्ट बैंकिङ हात्तिसारबाट प्रमाणपत्र संकलन गर्न र हितग्राही खाता खोली आफ्नो सेयर अभौतिकीकरण गर्न संस्थाले आग्रह गरेको छ ।