मुक्तिनाथ विकास बैंकद्वारा लाभांस प्रस्ताव

2020-12-07
मुक्तिनाथ विकास बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले लाभांस प्रस्ताव गरेको छ। बैंकको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रस्ताव गरेको हो। 

बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार ४८६ रुपैयाँको कुल १५.५१ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको हो। 

कुल १५.५१ प्रतिशत लाभांसमध्ये ११.२५ प्रतिशत बोनस सेयर र ४.२६ प्रतिशत नगद लाभांश (लाभांश करसहित) वितरणको प्रस्ताव गरिएको छ। 

यो लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १४ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ। 

 


Share this with your friends: