मुक्तिनाथ विकास बैंकको ऋणपत्र बाँडफाँड

2021-08-06
मुक्तिनाथ विकास बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत साउन ७ गतेदेखि साउन १२ गतेसम्म जारी गरिएको १ अर्ब २५ करोड रुपैयाँबराबरको ‘ ७ वर्ष,८.७५ प्रतिशत मुक्तिनाथ विकास बैंक डिबेन्चर’ नामक ऋणपत्र साउन २१ गते बाँडफाँड गरिएको हो । 


रितपूर्वक ऋणपत्रका लागि प्राप्त आवेदनहरु प्रशोधन गर्दा सर्वसाधारणका लागि माग बमोजिम र व्यक्तिगत तबर मार्फतका लागि प्राप्त आवेदनहरु समानुपातिक रुपमा बाँडफाँड गरिएको हो । 

मुक्तिनाथ विकास बैंकले गत साउन ७ गतेदेखि साउन १२ गतेसम्म १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ५ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको थियो । 

सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २५ हजार इकाइ ऋणपत्रमध्ये १५०० इकाइ ऋणपत्र सामूहिक लगानी कोषलाई बाँडफाँडपश्चात बाँकी रहेको २३ हजार ५०० कित्ता ऋणपत्रसहित बाँकी रहेको २ लाख २५ हजार इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको थियो । 


Share this with your friends: