काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । बैंकको सञ्चालक समितिको निर्णयअनुसार बैंकको‘मुक्तिनाथ डिबेन्चर÷ऋणपत्र २०८४/८५’ को ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको हो ।
यससँगै अब ऋणपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका ऋणपत्रधनीहरुको लागत अद्यावधिक गरी राख्ने तथा ऋणपत्रधनीहरुको ब्याज भुक्तानी सम्बन्धि सम्पूर्ण कार्य मुक्तिनाथ क्यापिटलले गर्नेछ ।