मुक्तिनाथ क्यापिटलद्वारा हितग्राही खाता नविकरण गर्न आग्रह

2021-07-04
मुक्तिनाथ क्यापिटलद्वारा हितग्राही खाता नविकरण गर्न आग्रह

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले हितग्राही खाता नविकरण गर्न आग्रह गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक तथा लुम्बिनी विकास बैंकमार्फत हितग्राही खाता खोलेका हितग्राही खाताधनीहरुलाई खाता सञ्चालन गरेबापत वार्षिक शुल्क रु.१०० रुपैयाँका दरले भुक्तानी गर्न सूचना प्रकाशित गरेको हो । 

कम्पनीले असार मसान्तभित्र उक्त शुल्क कम्पनीमा आई बुझाउन वा मुक्तिनाथ विकास बैंक वा लुम्बिनी विकास बैंकको शाखा कार्यालयहरुमा भुक्तानी गर्न वा डिजिटल माध्यम ई–सेवा,खल्ती, कनेक्ट आईपीएस वा आइएमई पे माफर्त समेत गर्न सकिने जनाएको छ ।  

तोकिएको समयावधिभित्र भुक्तानी नगरिए हितग्राही खाता रोक्का गरिने कम्पनीले जनाएको छ । 

यसका साथै मेरो सेयर लिएकाहरुलाई मेरो सेयर नविकरण गर्न समेत आह्वान गरेको छ ।  


Share this with your friends: