काठमाण्डौ । लघु तथा साना उद्यमीलाई प्रवर्द्धन गर्ने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेडले नेको इनर्जी सोलुसन कम्पनी प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ।
सम्झौतापत्रमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र नेको इनर्जी सोलुसनका व्यवस्थापकीय निर्देशक मिलनकुमार पौडेलले हस्ताक्षर गरेका छन्। यस सम्झौता अनुसार नेको इनर्जी सोलुसनसँग आबद्ध साना विद्युतीय यातायात व्यवसायीलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनका लागि मेगा बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ। कर्जाका लागि नेको इनर्जि सोलुसनले मेगा बैंकलाई सिफारिस गर्ने सम्झौता भएको छ।