मेगा बैंकका कार्ड होल्डरलाई टर्किस एयरलायन्सले विशेष छुट दिने

2021-04-08
मेगा बैंकका कार्ड होल्डरलाई टर्किस एयरलायन्सले विशेष छुट दिने

काठमाण्डौ । टर्किस एयरलायन्सले मेगा बैंक नेपाल लिमिटेडका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई हवाई यात्रामा विशेष छुट दिने भएको छ।

मेगा बैंक नेपाल लिमिटेडकी नायब सीईओ रविना देशराज श्रेष्ठ र टर्किस एयरलायन्सका कन्ट्री जनरल म्यानेजर अब्दुल्ला टंकर केसीसीबीच मेगा बैंकका ग्राहकलाई टर्किस एयरलायन्सको हवाई सेवामा प्राथमिकता र छुट दिने सम्झौता भएको हो। सम्झौता अनुसार टर्किस एयरलायन्सले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा विशेष छुट र एक्सट्रा लगेजको सुविधा दिने भएको छ। यो छुट टर्किस एयरलायन्सको काठमाण्डौबाट उडान हुने अमेरिका र युरोपियन देशमा लागू हुने सम्झौतामा उल्लेख छ। 

यो सम्झौताबाट मेगा बैंकका ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ। नवीनतम बैंकिङ सुविधाका साथसाथै मेगा बैंकले अस्पताल, रेस्टुरेन्ट, सपिङ मललगायतका दर्जनौँ विभिन्न सेवामुलक क्षेत्रसँग सम्झौता गरी आफ्ना ग्राहकलाई थप सुविधा र छुटको व्यवस्था गर्दै आएको छ। 


Share this with your friends: