मेगा बैंकका क्रेडिट कार्ड होल्डरहरुलाई ग्रिन बुटी ब्रान्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा

2021-05-03
मेगा बैंकका क्रेडिट कार्ड होल्डरहरुलाई ग्रिन बुटी ब्रान्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना क्रेडिट कार्डका ग्राहकहरुलाई ग्रिन बुटी ब्रान्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा ल्याएको छ। 

आई बोस ग्लोबल लाइफ इन्टरनेसनलसँग गत शुक्रबार भएको सम्झौताअनुसार मेगा बैंकले किस्ताबन्दीमा म्याट्रेस खरिद गर्ने सुविधा ल्याएको हो। ग्राहकले भौतिक रुपमा तथा आईबोस लाइफ डटकमबाट पनि म्याट्रेस खरिद गर्न सक्नेछन्। यसरी किस्ताबन्दीमा खरिद गरेबापत बैंकको ब्याज निःशुल्क गरिएको छ भने कुल मूल्यको सतप्रतिशतसम्म फाइनान्सिङको सुविधा उपलब्ध गरिएको छ। 

आई बोस ग्लोबल लाइफ इन्टरनेसनल उत्कृष्ट म्याट्रेस उत्पादन गरिरहेको नेपाली कम्पनी हो। आई बोसले ग्रिन बुटी ब्रान्डका ८० हजारदेखि डेढ लाख रुपैयाँसम्मका म्याट्रेस उत्पादन गरिरहेको छ। 

ग्राहकलाई ६ महिना तथा एक वर्ष गरी दुईवटा किस्ताबन्दीको सुविधा दिइएको मेगा बैंकले जनाएको छ। 


Share this with your friends: