काठमाण्डौ । मैलुुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बार्ड(सेबोन)बाट असार २३ गते अनुमति प्राप्त गरेको हो।
धितोपत्र बोर्डले कम्पनीलाई ७ करोड ३६लाख २८ हजार ६०० रुपैयाँबराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो। कम्पनीले यो आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।
संस्थाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।