काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(साउन १८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन १४ गतेदेखि आम सर्वसाधारणका लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँबराबरको रु.१०० अंकित दरका ७ लाख ३६ हजार २८६ कित्ता सेयर निष्कासन गरेको छ ।
निष्कासन भएको सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता म्युचुअल फन्डका लागि सुरक्षित राखि बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट गत असार २३ गते स्वीकृति प्राप्त गरेको थियो । यो कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले ‘केयर एनपी–डी रेटिङ प्रदान गरेको छ । यो रेटिङ प्राप्त गर्ने संस्थाले वित्तीय दायित्व पुरा नगरेको वा छिट्टै पुरा गर्न नसक्ने जनाउँदछ ।