मैलुङ खोला जलविद्युत कम्पनीको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

2021-08-31
मैलुङ खोला जलविद्युत कम्पनीको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले भदौ ११ गतेदेखि लागू हुने गरी बिओके क्यापिटललाई कम्पनीको सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । 

यससँगै अब कम्पनीको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धि सम्पूर्ण कार्य बिओक क्यापिटलले गर्नेछ । 


Share this with your friends: